• १२ असार २०८१, बुधबार

गठबन्धनलाई सकस सिन्धुपाल्चोक एक, टिकट पाउने बस्नेत र सापकोटा ?

blog

सिन्धुपाल्चोक, भदौ २० गते ।मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि देशभरबाट धमाधम उम्मेदवारको नामावली सिफारिस हुने क्रम बढ्दो छ । सिन्धुपाल्चोकका तीन ठुला दलले पनि आइतबार उम्मेदवार सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएको छ । 

सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ गठबन्धन दलका तर्फबाट काँग्रेसले पूर्वमन्त्री एवं केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतलाई सङ्घमा एकल सिफारिस गरेको छ भने नेकपा माओवादी केन्द्रबाट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहित पोलिटब्युरो सदस्य माधवप्रसाद सापकोटा ‘सुबोध’ र फुलम तामाङलाई सिफारिस भएको छ । 

हेभ्वीवेटका यी दुई उम्मेदवार मध्ये दुवै जनाले आफ्नो क्षेत्रमा पटक जमाउँदै आएको छ । यस अघि पनि यी दुई उम्मेदवारविनै प्रतिस्पर्धा हुँदै आएको थियो । गठबन्धनमा चुनाव लड्ने घोषणासँगै यो क्षेत्रमा भने ठुलै सङ्कट आइ पर्ने अवस्था देखिएको छ । पछिल्लो समय बस्नेतको राम्रो पकट र क्रियाशीलताले पनि काँग्रेसको जीत निश्चित जस्तै मानेर काँग्रेसले एकल नाम सिफारिस गरेको जनाएको छ । तर माओवादी केन्द्रमा भने तीन जनाको नाम पर्नुले सापकोटाको कोटा निश्चित नभएको देखिएको छ । 

यो क्षेत्रमा अव जीतका लागि जनताको निर्णय भन्दा पनि केन्द्रीय नेताहरूको निर्णय नै पर्खनु पर्ने अवस्था आएको छ । त्यसै गरी नेकपा एमालेले निर्वाचन क्षेत्र नम्बर १ मा एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, सरेस नेपाल, भरत पराजुली र बादल लामा सङ्घमा सिफारिस गरेका छन् । यता निर्वाचन क्षेत्र नम्बर २ मा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, बागमती प्रदेश सदस्य हस्त पण्डित र माधव पाण्डे सङ्घमा सिफारिस भएका छन् । 

माओवादीले निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ सङ्घमा युवराज दुलाल ‘शरद’ र चन्द्रबहादुर थापा सिफारिस भएका छन् । राप्रपाले भने निर्वाचन क्षेत्र नम्बर २ मा पशुपति शमसेर राणा जबरा सङ्घमा सिफारिस हुनु भएको छ ।
Author

चित्र मिजार