• १३ साउन २०८१, आइतबार

हात्तीको आक्रमणमा परी स्कुटी चालकको मृत्यु

blog

बिर्तामोड, भदौ १७ गते । झापाको मेचीनगर नगरपालिका-९ थोप्लेविराम सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्र जङ्गली हात्तीको आक्रमणमा परी स्कुटी चालक महिलाको ज्यान गएको छ । 

शुक्रबार बेलुकी ५ः४० को समयमा सामुदायिक वन क्षेत्रको भित्री सडक खण्डमा मे ७ प २०४६ नम्बरको स्कुटीमा जादै गरेकी बुद्धशान्ति गाउँपालिका बस्ने वर्ष ३४ का सम्झना श्रेष्ठलाई बाटो छेकी जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणमा परी गम्भीर घाइते हुनुभएकी श्रेष्ठलाई उपचारका लागि आम्दा अस्पताल मेचीनगर लगिएकोमा साँझ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । केही दिन पहिले पनि हात्तीले झापा बारदसीमा मनिङ वाकमा निस्किएका एक ८० वर्षीय वृद्धको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । 

Author

लीला झापाली