• १३ साउन २०८१, आइतबार

काठमाडौं बुद्धनगरमा ६ तला माथिबाट खस्दा किशोर किशोरीको मृत्यु

blog

किशोर किशोरी हाम फालेको निर्माणधीन भवन क्षेत्र । तस्बिर : दीपा चौधरी

काठमाडौं, भदौ १५ गते । काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट खसेर दुईजना किशोर किशोरीको मृत्यु भएको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार बुधबार साँझ निर्माणाधीन घरको ६ तला माथिबाट खसेर घाइते भएका १४ वर्षीय दुईजनाको मृत्यु भएको हो। 

प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार भारत बिहार स्थायी घर भएर काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने १४ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो स्थायी घर भएकी १४ वर्षीया किशोरीको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि सिभिल अस्पताल नयाँ बानेश्वर लगिएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्। निर्माणाधीन घरको ६ तलामाथिबाट उनीहरुले हाम फालेको स्थानीयले बताएका छन् । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ।