• १७ असार २०८१, सोमबार

निजामती सेवा दिवस मनाइँदै

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ १३ गते । सरकारले १९औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । निजामती सेवा दिवस मनाउने सन्दर्भमा भदौ १० गतेदेखि नै विभिन्न कार्यक्रम गर्न सुरु गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

भदौ २० गते सिंहदरबार परिसरमा रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने, २० गते नै गोकर्णेश्वर नगरपालिकाको जगडोलमा रहेको निजामती पार्कसम्बन्धी कार्यविधिको सरोकारवालालाई जानकारी गराउने, सोही पार्कमा वृक्षरोपण गर्ने, विभिन्न ट्रेड युनियनहरूको समन्वयमा खेलकुद कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएका छन् ।  

त्यस्तै २१ गते निजामती अस्पताल परिसरमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको सामूहिक दुर्घटना बीमा कार्यक्रमको हस्ताक्षर गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एकीकृत कार्यसञ्चालन प्रणाली कार्यान्वयमा ल्याउने कार्यक्रम तय भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भदौ २२ गते निजामती सेवा पुस्कार वितरण गर्ने, निजामती सेवा दिवस विशेष कार्यक्रम आयोजना गर्ने र साँझ सबै सरकारी कार्यालयमा दीपावली गर्ने कार्यक्रम तय भएको छ । 

निजामती सेवा दिवसकै सन्दर्भमा भदौ १० गतेदेखि १२ गतेसम्म नवलपरासीको सुस्तापूर्व हुप्सेकोट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सञ्चालन भइसकेको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि निजामती सेवा दिवस मनाउँदै आएको छ ।