• १७ असार २०८१, सोमबार

एमाले केन्द्रीय कमिटी बैठक

नौं समूहमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १० गते । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौं समूह बनाइएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । 

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाको नौं समूहमा भएको छलफल भोलिको बैठकमा प्रस्तुत हुने बताउनुभयो । 


उहाँले भन्नुभयो, “नौ वटै ९ वटै समूहले अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर आगामी निर्वाचनमा एमालेलाई प्रतिक्रियावादीका सबैखाले घेराबन्दीहरुलाई चिर्दै कसरी पहिलो पार्टी बनाउन सकिन्छ, कसरी वहुमत प्राप्त पार्टीको रुपमा स्थापित गर्न सकिन्छ ? हालै सम्पन्न स्थानीय तह निर्वाचनमा अभिव्यक्त भएको सबभन्दा लोकप्रिय मतलाई बहुमतमा कसरी पु¥याउन सकिन्छ भन्नेबारेमा गम्भिरतापूर्वक छलफल हुनेछ ।”

बैठकमा अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केशव बडालले केन्द्रीय अनुशासन आयोगको, पुष्प कँडेलले लेखा आयोगको र विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुभएको रिजालले बताउनुभयो । 

बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड र प्रक्रियाहरु प्रस्ताव भएको उहाँले बताउनुभयो। यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले कार्यदलकातर्फबाट गत स्थानीय निर्वाचनमा पार्टीभित्र देखापरेका समस्याहरु छानबिनका लागि बैठकलाई जानकारी गराउनुभएको थियो । 

रिजालका अनुसार बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको छ । केन्द्रीय कमिटीको तेस्रो बैठकपछि गरेका निर्णयको अनुमोदन पनि भएको उहाँले बताउनुभयो ।  

रिजालका अनुसार बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको छ ।

भारत प्रवासको पार्टी काम र प्रतिष्ठान सञ्चालनका नियमावली बनाउनका लागि संगठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदलहरु निर्माण गरिएको छ । 

एमाले केन्द्रीय कमिटी बैठकमा नवनियुक्त केन्द्रीय सदस्यलाई सपथ ग्रहणसँगै जिम्मेवारी पनि दिइएको छ । जसअनुसार जीवन गौतमलाई लुम्बिनी प्रदेश सहइन्चार्ज, अमृतलाल राजवंशीलाई झापा जिल्ला सहइन्चार्ज, धर्मदत्त देवकोटालाई वागमती प्रदेश सहइन्चार्ज र वृजेशकुमार गुप्तालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज जिम्मेवारी दिइएको प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिनुभयो । बैठक शनिबार  बिहान १०ः३० बजे पुनः बस्नेछ ।