• १५ वैशाख २०८१, शनिबार

पाटन कृष्णमन्दिरमा दशनार्थीको भीड [फोटो फिचर]

blog

भगवान कृष्णको भेषभुषामा पाटनको कृष्णमन्दिर परिसरमा एक बालक । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ ३ गते । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ ।

बिहानैदेखि मन्दिरमा पूजा गर्नेहरुको लामो लाइन लागेको छ । दर्शनार्थीहरुलाई पूजाका लागि दुई लाइनको व्यवस्था मिलाइएको छ । स्वयंसेवकहरुले उनीहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्था गरिएको छ भने प्रहरीलाई मन्दिर परिसरमा सुरक्षाका लागि खटाइएको छ ।


विश्‍वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । 



आज कृष्ण मन्दिरको दर्शन गर्न राष्ट्रप्रमुख पनि जाने चलन छ । श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र घुम्न जानेहरुको मेला लागेको छ ।
यसै अवसरमा ललितपुरको पाटन कृष्णमन्दिरमा दशनार्थीको भीड लागेको छ । 




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।