• ६ साउन २०८१, आइतबार

प्रदेश सरकारको धर्ना स्थगित

blog

धीरेन्द्र प्रसाद साह

जनकपुर, साउन ३१ गते । मधेश प्रदेश सरकारले जारी राखेको धर्ना कार्यक्रम स्थगन गरिएको छ । प्रहरी समायोजनको माग गर्दै दुई दिनदेखि जारी धर्ना आज मङ्गलबारबाट स्थगन भएको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले धर्नास्थलमै बताउनुभएकाे हाे ।

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले धर्ना स्थगन गर्नुभयाे।

सो बेला प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत प्रदेश सभा सदस्यहरूको सहभागिता थियो ।

अब बन्ने सरकारले प्राथमिकतामा राखेर प्रहरी समायोजन गर्ने आश्वासन दिलाएकाले धर्ना स्थगन गरिएको मुख्यमन्त्री राउतले बताउनुभयो ।