• १६ चैत २०८०, शुक्रबार

राष्ट्र र जनताको हितमा काम गर्छु : मन्त्री कुँवर

blog

फाइल तस्बिर

काठमाडौं, साउन २१ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

श्रममन्त्री कुँवरले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भए पनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताउनुभएको हो ।

राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले काम गर्ने आश्वासन समेत दिनुभयो ।

मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

देश र जनताको हितमा सबैले आ–आफनो क्षेत्रबाट योगदान पु¥याउन जरुरी रहेको छ । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उहाँको भनाइ थियो ।