• ६ वैशाख २०८३, आइतबार

गण्डकी प्रदेशले करको दायरा फराकिलो बनाउछ : अर्थमन्त्री शेरचन

blog

नेपाली कांग्रेस बागलुङद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेशका अर्थमामीला मन्त्री जीत शेरचन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख ६ गते ।
गण्डकी प्रदेशका अर्थमन्त्री जीत शेरचनले करको दर नभएर दायरा बढाउने बताउनुभएको छ । उहाँले प्रदेशका लाइफलाईनका योजनालाई अघि बढाउने बताउनुभयो । बागलुङको उत्तरगंगा परियोजनालाई अघि बढाउन पहल गर्ने   बताउनुभयो ।

गृह जिल्ला बागलुङमा नेपाली कांग्रेसद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै शेरचनले आर्थिक पारदर्शिता कायम गर्दै खर्च व्यवस्थापनमा सुधार गर्दै ठूला योजना सघाउने बताउनुभयो । पुरानो कांग्रेसको अवस्थामा फर्काउन सुध्रिदै सामुहिकताको भावना अपनाउन आग्रह गर्नुभयो ।

उहाँले अर्थ मन्त्रालय केवल बजेट व्यवस्थापनमा सीमित नभई प्राविधिक विषयसँग पनि जोडिएको महत्त्वपूर्ण मन्त्रालय भएको बताउँदै करको दर र दायरा, आर्थिक नीति निर्माणल गायतका विषयमा गहन अध्ययन भइरहेको जानकारी दिनुभयो । शेरचनले गण्डकी प्रदेशमा पूँजीगत खर्च अपेक्षाकृत कम भएको पाइएको उल्लेख गर्दै यसको कारण खोजी गरी विकास खर्च बढाउनेतर्फ ध्यान केन्द्रित गरिने बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका शेरचन बागलुङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले छोटो समयमै परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यकर्तालाई विश्वास दिलाउनुभयो ।

त्यस्तै, उहाँले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको सिट घटे पनि पार्टी कमजोर नभएको दाबी गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने बताउनुभयो ।