• १६ भदौ २०८१, आइतबार

अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

blog

जोस, (नाइजेरिया), साउन ८ गते । मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको बीभत्स हत्या गरेको छ ।

बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।     

घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरीले सन्दिग्ध अपराधीहरूको खोजी भइरहेको बताएको छ ।

सर्वाधिक जनसङ्ख्या भएको नाइजेरिया शृङ्खलाबद्ध सशस्त्र आक्रमणको शिकार बनेको छ ।

यो वर्ष धेरै सर्वसाधारण र सुरक्षाकर्मी त्यस्ता आक्रमणमा परेर मारिएका छन् ।   रासस / सिन्ह्वा