• १४ चैत २०८२, शनिबार

अभि–अभिनन्दनसँगै विश्व रङ्गमञ्च दिवस मनाइयो

blog

काठमाडौँ, चैत १४ गते । संसारभरका रङ्गकर्मी र रङ्गप्रेमीले विश्व रङ्गमञ्च दिवस मार्च २७ मनाउने क्रममा नेपालमा ‘अभि–अभिनन्दन’ समारोहबिच विश्व सन्देश आदानप्रदान गर्दै मनाएका छन् । नाट्यकलाको विश्व सङ्गठन इन्टरनेसनल थिएटर इन्स्टिच्युटको सेन्टर आइटिआई नेपालले नेपाली रङ्गमञ्चमा अनुकरणीय योगदान पु¥याउनुहुने प्राडा अभि सुवेदीलाई सम्मान–अभिनन्दन गरेको हो ।

डा. सुवेदीलाई उहाँले लेख्नुभएका नाटकका पात्रले नै मञ्चीय प्रस्तुतिका साथ अभिनन्दन गरिएको हो । उहाँका मञ्चन भएका नाटकका पात्रको भूमिकामा अभिनय गर्ने कलाकारमध्ये भोला सापकोटा, घिमिरे युवराज, सरस्वती चौधरी, कार्म, सरोज अर्याल, पवित्रा खड्का, दिलीप रानाभाटले मञ्चीय प्रस्तुतिका साथ सम्मान गरेका हुन् । डा. सुवेदीको नेपाली रङ्गमञ्चमा नाटककार, अनुसन्धानकर्ता, समीक्षक तथा नाट्य अभियन्ताका रूपमा विशिष्ट योगदान छ । अभिनन्दनपछि उहाँले नेपाली रङ्गमञ्चको उभारप्रति खुसी व्यक्त गर्दै आइटिआईको गतिशीलतामाथि चर्चा गर्नुभयो । कार्यव्रmममा नाट्यकलाको विश्व सङ्गठनबाट जारी विश्व सन्देशको नेपाली भावानुवाद रङ्गकर्मी सरस्वती चौधरीले वाचन गर्नुभएको थियो ।