• २२ असोज २०८१, मङ्गलबार

न्यूनतम मापदण्डमा जिल्ला अस्पताल, दैलेख प्रथम

blog

स्वास्थ्य सेवा कार्यालय, दैलेख । तस्बिर – कमल शर्मा

कमल शर्मा

दैलेख, साउन ७ गते । कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान बाहेक जिल्लाका अस्पतालमध्ये जिल्ला अस्पताल दैलेख उत्कृष्ट भएको छ । आर्थिक वर्ष ०७८/०७९ को न्यूनतम सेवा मापदण्ड मूल्याङकनमा जिल्ला अस्पताल पहिलो भएको हो । कर्णाली प्रदेशका प्राथमिक अस्पतालमध्ये सुशासन, संस्थागत व्यवस्थपन, मानव स्रोत व्यवस्थापन र विकास, आर्थिक व्यवस्थापन, मेडिकल रेकर्ड र सूचना व्यवस्थापनलगायतका मापदण्डमा ७९ प्रतिशत अंक प्राप्त गरी कर्णाली प्रदेशका आठ जिल्लाका अस्पतालमध्ये प्रथम भएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । 

स्वास्थ्य सेवा कार्यालय, दैलेखका स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले कर्णालीका प्रारम्भिक जिल्ला अस्पतालहरुमा दैलेख जिल्ला उत्कृष्ट हुनमा सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सबैको सहयोगले प्रथम हुन सफल भएको बताउँदै अझै प्रभावकारी सेवा सुविधा निरन्तरताका लागि सुझाव, सल्लाहका लागि आग्रह गर्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘‘हाम्रो अस्पताल १५ शय्याको हो, हामीले दिने सेवा भनेको ५० शय्याभन्दा कम छैन, हामीसँग भौतिक पूर्वाधारको समस्या भए पनि अन्य सेवामा हामी प्रथम भएका छौँ, भवन निर्माण हुने चरणमा छ, त्यो भएको खण्डमा हामीले अझै राम्रो सेवा दिन सक्छौँ ।