शेरबहादुर सार्की
बाजुरा, फागुन १९ गते । बाजुराका सबै मतदान केन्द्रमा यती बेला सर्वदलीय बैठक सुरु भएको छ । यहाँका निर्वाचनलाई सुव्यवस्थित पार्ने गरी यहाँका ७७ स्थल र ११९ मतदान केन्द्रमा सर्वदलीय बैठक बस्न सुरु गरेको हो ।
जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी सुरक्षाकर्मी पुगेसँगै मतदान कार्यलाई सुरक्षित पार्ने गरी यहाँका राजनीतिक दल समाजसेवी कर्मचारी सुरक्षाकर्मी लगायतको संयुक्त उपस्थितमा मतदान केन्द्रमा आज सर्वदलीय बैठक सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
यतीबेला आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई कडा सुरक्षाका साथ सम्पन्न गर्न यहाँ एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
विगतका निर्वाचनमा यहाँ बुथ कब्जा गर्ने धाँदली हुने गरेकोले यती बेला यहाँका सबै मतदान केन्द्रलाई सुरक्षाको घेरामा राखिएको छ । अहिले नेपाल प्रहरी सशस्त्र नेपाली सेना मतदान स्थलमा पुगेका छन् । निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्ने गरी यती बेला यहाँका प्रत्येक मतदान स्थललाई सुरक्षाको घेरमा राखिएको हो ।
मतदान केन्द्रमा सुरक्षा कर्मी पुगेपछि अहिले यहाँका मतदाताहरुलाई भने यतीबेला शान्तिपूर्णरुपमा मतदान गर्न आशा पलाएको छ ।
जिल्लाका ७७ स्थल तथा ११९ मतदान केन्द्रको मतदानलाई व्यवस्थित तथा मर्यादित गर्ने गरी एक हजार भन्दाबढी सुरक्षा कर्मी परिचचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले, “सशस्त्र प्रहरी दुई सय, नेपाल प्रहरी ४७५ जना, आर्मी ३२५ गरी एक हजार सुरक्षाकर्मी तथा एक हजार साठी निर्वाचन प्रहरी परिचालन गरिएको बताउनुभयो ।
उहाँले भन्नभुयोे, “आगमी फागुन २१ गते हुने निर्वाचनलाई सरल सहज व्यवस्थित गर्नका लागि एक हजार सुरक्षाकर्मी र एक हजार निर्वाचन प्रहरी खटाएपछि यो पटक यहाँका मतदाताहरुले ढुक्क सँग मतदान गर्न पाउने भएका छन् ।”
निर्वाचनलाई शान्तिरुपमा सम्पन्न गर्नका लागि जिल्लाभर मदिरा बिक्री वितरणमा समेत रोक लगाएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।
यहाँ राष्ट्रिय जनगणना २०७८ अनुसार बडीमालिकामा तीन हजार ४४६, त्रिवेणीमा तीन हजार ३५०, बुढीगङ्गामा चार हजार २७७, बुढीनन्दमा तीन हजार ४५२, गौमूलमा एक हजार ६५०, हिमालीमा एक हजार ७२२, जगन्नाथमा एक हजार ६८४, स्वामीकार्तिकमा दुई हजार २२३ र खप्तडछेडेदहमा तीन हजार १७४ गरी झण्डै २४ हजार ४४३ घरधुरी छन् ।
२०७८ सालको जनगणना अनुसार बाजुरामा एक लाख ३८ हजार ९९८ जनसङ्ख्या रहेपनि यसको अधिकाशं सङ्ख्या कामका लागि भारतमा रहेको छ ।
यतीबेला बाजुरामा आठ जना उम्मेदवार यहाँको चुनावी मैदानमा रहेका छन् । जसमा नेपाली काँग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, रास्वपाका हेमराज थापा, राप्रपाबाट केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र) बाट भूपेन्द्र सी, प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही गरी आठ जना चुनावी मैदानमा छन् ।
बाजुरामा ४५ हजार ४२८ पुरुष , ४२ हजार ४३१ महिला र अन्य दुई गरी यहाँ ८७ हजार ८६१ जना मतदाता रहेका छन् । त्यसका लागि यहाँ ७७ स्थल ११९ केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका संयोजक संजिव पोखरेलले बताउनभुयो ।