• १२ असोज २०८१, शनिबार

फुटसलमा एनएसजेएफ विजयी

blog

मैत्रीपूर्ण फुटसलको उपाधिसँगै विजेता टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन ३ गते । बेल्जियममा रहेको नेपाली समुदायद्वारा स्थापित अन्नपूर्ण ब्रसेल्स क्लब (एबीसी) र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)बीचको मैत्रीपूर्ण फुटसलमा एनएसजेएफ विजयी भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मङ्गलबार भएको खेलमा एनएसजेएफले एबीसीलाई ५–४ गोलले हरायो ।

एबीसीले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । मैत्रीपूर्ण खेलको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभएको थियो । विजेतालाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्यले पुरस्कार प्रदान गर्नुभयो ।