• २८ वैशाख २०८१, शुक्रबार

लुम्बिनी मेडिकल कलेजद्वारा स्वास्थ्य बीमाको सेवा स्थगित

blog

रेखीराम राना

पाल्पा, साउन ३ गते । जिल्लाको लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रमबाट दिँदै आएको सबै खालका सेवा स्थगित गरेको छ । नेपाल सरकारले आव २०७९/०८० को नीति तथा कार्यक्रमबाट स्वास्थ्य बीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्र लागू हुने निर्णय गरेकाले सोमबार रातिदेखि लागू हुने गरी ओपिडी र इमर्जेन्सीलगायतका सेवा स्थगित भएको अस्पतालले जनाएको छ । 

अस्पतालले विज्ञप्ति प्रकाशित गर्दै हालसम्म स्वास्थ्य बीमा कार्यक्रमबाट रेफरल बिरामीका लागि मात्र सेवा दिइरहेकोमा अबदेखि स्वास्थ्य बीमाबाट रेफर भएर आएका बिरामीलाई कुनै पनि सेवा दिन नसकिने जनाएको छ ।

आगामी दिनमा नेपाल सरकारबाट निजी अस्पतालबाट समेत स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भन्ने निर्देशन प्राप्त भए पुनः स्वास्थ्य बीमाका बिरामीको उपचार गर्न सकिने अस्पतालका प्राचार्य डा. राजु शाक्यले बताउनुभयो । अस्पतालले बीमा सेवा दिन नसकेकोमा बिरामी तथा आफन्तसँग दुःख व्यक्त गरेको छ । अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीलाई सेवा नदिने भनेपछि सेवाग्राही भने मर्कामा परेका छन् ।