• १६ चैत २०८०, शुक्रबार

‘एसियन गेम्सको विशेष प्रशिक्षण निरन्तर’

blog

फाइल तस्बिर ।

काठमडाौं, असार ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद (एसियाड) स्थगित भए पनि भोलि नै प्रतियोगिता हुन्छ भन्ने लक्ष्यका साथ खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताउनु भएको छ । 

नेपाल स्ट्रेन्थलिफ्टिङ महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु भएको प्रथम राष्ट्रिय खुला स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले एसियाड जुन मितिमा भए पनि नेपाली खेलाडी तयारी अवस्थामा रहनु पर्ने भन्दै विशेष प्रशिक्षणलाई निरन्तरता दिने बताउनुभएको हो । घिसिङले खेलाडीमा स्ट्रेन्थ निकै आवश्यक भएको र राखेपले पहिलो पटक फिजिकल परिक्षण गरएको पनि बताउनुभयो । 

घिसिङले अहिले पनि एसियाली खेलकुदका लागि २३ वटा खेलको विशेष बन्द प्रशिक्षणहरु भइरहेको जानकारी गराउँदै नेपालमा स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने  बताउनुभयो । राखेप कर्भड हलमा दुई दिन सम्म चल्ने प्रतियोगीतामा देशभरका ७५ भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा महिला र पुरुष खेलाडीले तीन स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् र विभिन्न तौल समूहले प्रतिस्पर्धा हुँदैछ । 

पहिलो दिनको खेलमा विभिन्न तौल समूहका खेल सम्पन्न भए । आयोजकले तौल उचालेको आधारमा आइतबार मात्र नतिजा घोषण गर्नेछ । तीनै स्पर्धाबाट समग्रको विजेताले किर्गिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागिताको अवसर पाउनेछन् । प्रतियोगितामा महिलातर्फ ५८ केजी, ६५ केजी र ६५ माथिको तौल समूहमा प्रतिस्पर्धा हुँदैछ । पुरुषतर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुँदै छ । यस्तै मास्टर्सतर्फ ६५ केजी र ८५ केजी माथिको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।