• २७ पुस २०८१, शनिबार

म्यान्चेस्टर युनाइटेडको फराकिलो जित

blog

म्यान्चेस्टर युनाइटेडका मार्कस ¥यासफर्ड (दायाँ) शुक्रबार मेलबर्न भिक्टोरीविरुद्ध गोल गरेपछि साथीसँग खुसी साट्दै ।तस्बिर : एपी

मेलबर्न (अस्ट्रेलिया), असार ३२ गते ।  म्यान्चेस्टर युनाइटेडले शुक्रबार ‘ए’ लिग क्लब मेलबर्न भिक्टोरीलाई ४–१ ले हराएर प्रिसिजनअन्तर्गत अस्ट्रेलियाको भ्रमणमा विजयी सुरुवात गरेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको सो भिडन्त हेर्न रङ्गशालामा ७४ हजार १५७ दर्शकको उपस्थिति रहेको थियो ।

तीन दिनअघि थाइल्यान्डको बैङ्ककमा भएको मैत्री खेलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई पनि ४–० को फराकिलो अन्तरले हराएको थियो । नयाँ प्रशिक्षक इरिक टेन ह्यागको रेखदेखमा रहेको म्यान्चेस्टर युनाइटेड खेलको पाँचौँ मिनेटमा घरेलु टिमका खेलाडी क्रिस इकोनोमिडिसको गोलबाट पछाडि परेको थियो ।

म्यान्चेस्टरका खेलाडीहरू ‘जेट ल्याग’को समस्यामा हुँदा पनि मेलबर्न भिक्टोरीले फाइदा उठाएको हो तर स्कट म्याकटोमिने र एन्थोनी मार्सियलको गोलबाट पूर्वाद्र्धमा नै म्यान्चेस्टर युनाइटेडले अग्रता बनायो । मध्यान्तरपछिको खेलमा मार्कस -यासफर्डले पनि गोल गर्नुभयो । म्यान्चेस्टर युनाइटेडलाई एक गोल ताहिथ चोङले आत्मघाती गोल गरेपछि उपहारका रूपमा प्राप्त भएको थियो । म्यान्चेस्टर युनाइटेडले मङ्गलवार मेलबर्नमा नै क्रिस्टल प्यालेससँग खेल्नेछ । एपी