• १४ माघ २०८२, बुधबार

रास्वपाका सभापति लामिछाने त्रिवि शिक्षण अस्पतालमा भर्ना

blog

फाइल तस्बिर ।

काठमाडौँ,माघ १४ गते।राष्ट्रिय स्वास्थ्य पार्टी(रास्वपा)का सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ।

माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा चोट लागेर सेलुलाइटिस भएको कारणले उहाँ अस्पतालको हाडजोर्नी विभागमा भर्ना हुनुभएको अस्पतालका प्रवक्ता डा.गोपाल सेडाईले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार सेलुलाइटिस भनेको छालाको भित्री तहसम्म हुने सङ्क्रमण हो। छालाभित्र कीटाणुको सङ्क्रमण हुँदा छाला सुन्निने, रातो हुने, दुख्ने तथा तातो महसुस हुने गर्दछ।

डा.सेडाईका अनुसार नशाबाट आभि एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइहेको छ । अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

साथै सामाजिक सञ्चालनमा भेटिएका फोटोहरू यस अस्पतालको नरहेको अस्पतालको भनाइ छ ।