• ११ मंसिर २०८१, मङ्गलबार

सत्ता गठबन्धन बैठक : सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति

blog

फाइल तस्बिर

काठमाडौं, असार ३१ गते । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्ने सहमति जुटेको छ ।

पाँचदलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले शुक्रबार बिहान बसेको गठबन्धन बैठकमा उक्त सहमति जुटेको जानकारी दिनुभयो ।

‘‘सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘सङ्क्रमणकालीन न्यायसँग जोडिएको कानुन आजै बस्ने संसद बैठकमा पेश हुन्छ ।’’

यता, गठबन्धन बैठक सकेलगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ ।