• १३ माघ २०८२, मङ्गलबार

पूर्व प्रदेशसभा सदस्य नागेन्द्रप्रसाद सिन्हाको निधन

blog

पूर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हा ।

प्रवीणकुमार शर्मा 

रौतहट, माघ १३ गते । मधेश प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको मंगलबार निधन भएको छ । 

नेपाली कांग्रेसबाट २०७४ सालको प्रदेश सभा निर्वाचनमा रौतहटको क्षेत्र नं. २ (क) बाट निर्वाचित  ७३ वर्षीय सिन्हाको उपचारको क्रममा मेडिसिटि अस्पताल काठमाडौँमा निधन भएको उहाँको श्रीमती इशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवीले जानकारी दिनुभयो ।

तत्कालीन प्रदेश नं. २ का  प्रदेश सभा सदस्य सिन्हा रौतहटको साबिक औरैया गाबिसको २ कार्यकाल अध्यक्ष हुनुहुन्थ्यो । ईशनाथ नगरपालिका वडा नं. २ निवासी सिन्हाको निधनसँगै समग्र रौतहट शोकमा परेको छ ।

जीवनको अन्तिम क्षणसम्म गाउँ, समाज तथा क्षेत्रको सेवामा अनवरतरूपमा समर्पित पूर्व प्रदेश सभा सदस्य सिन्हा  सरल, मिलनसार र जनमुखी स्वभावका कारण स्थानीय जनतामाझ अत्यन्त लोकप्रिय रहनु भएको थियो । सामाजिक विकास, जनसरोकारका विषय र क्षेत्रीय उत्थानका लागि उहाँले पु¥याउनु भएको योगदान सदैव अविस्मरणीय रहने स्थानिय किशोरी यादव बताउनु हुन्छ । उहाँको निधनप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन् ।