• ९ माघ २०८२, शुक्रबार

स्याङ्जामा चार जनाको उम्मेदवारी फिर्ता

blog

स्याङ्जा क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ,(स्याङ्जा) माघ ९ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उमेदवारी फिर्ता लिएका छन् ।

स्याङ्जा क्षेत्र नं. १ मा स्वतन्त्रबाट उमेदवारी दिएका मनोज नेपाली दर्जीले उमेदवारी फिर्ता लिनुभएको छ । यस्तै क्षेत्र नं. २ बाट उमेदवारी दिएका प्रगतिशील लोकतान्त्तिक पार्टी (प्रलोपा) का टीकाराम रेग्मी तथा स्वतन्त्रबाट उमेदवारी दिएका घनश्याम पाण्डे र दिलीप श्रेष्ठले उमेदवारी फिर्ता लिनुभएको निवार्चन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो । 

प्रलोपाका रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेलाई समर्थन गर्ने सहमति भएपछि फिर्ता लिनुभएको हो । रास्वपा र प्रलोपा बीच भएको सहमतिका आधारमा उमेदवारी फिर्ता गरेको रेग्मीको भनाइ छ । 

छ जना स्वतन्त्र सहित २८ जनाको उमेदवारी परेको स्याङ्जामा अब २४ जनाको उमेदवारी कायम छ । जसमा तीन जना स्वतन्त्र छन् । 

स्याङ्जा क्षेत्र नं. १

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेकपा एमालेबाट मीनप्रसाद गुरुङ्, नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. धनन्जय रेग्मी, नेशनल रिपव्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, मङ्गोल नेशनल अर्गानाइजेसनबाट यामबहादुर गुरुङ्, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुमबहादुर राना,उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक, श्रम संस्कृति पार्टीबाट पिरन गुरुङ र स्वतन्त्र रुपमा अशोक बिष्ट उमेदवारी कायम भएको छ । 

स्याङ्जा क्षेत्र नं. २  

नेपाली काँग्रेसबाट भागवत प्रकाश मल्ल, नेकपा (एमाले)बाट खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट झविलाल डुम्रे,नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विश्वकर्मा,राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा, जय मातृभूमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपव्लिक नेपाल पार्टीबाट तेजबहादुर थापा, मङ्गोल नेशनल अर्गनाइजेसनबाट खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन पाठक तथा स्वतन्त्रमा खिमबहादुर क्षेत्री र सागर थापा मगरको उमेदवारी कायम छ ।