• ९ माघ २०८२, शुक्रबार

मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

blog

प्रवीणकुमार शर्मा 

रौतहट, माघ ९ गते । रौतहटमा दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गौर गङा–पिपरा सडकखण्ड अन्तर्गत राजदेवी नगरपालिका –१ पथरामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटनामा बीआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका –२ का अशोक महतो र प्र ०२–०३–०१८ प २३४६ नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका –२ का  २९ वर्षीय अरबिन्द महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो।

दुर्घटनामा घाइते दुवैलाई अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको उहाँले बताउनुभयो। दुबै मोटरसाईकल तीव्र गतिमा रहेकोले दुर्घटना भएको प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।