• ९ माघ २०८२, शुक्रबार

नदीमा बेपत्ता युवाको शव भेटियो

blog

शवको उद्धार गरी नदी किनारमा निकालिएपछि ।

वसन्त पराजुली

नारायणगढ, माघ ९ गते । नारायणी नदीमा बेपत्ता एक युवाको शव शुक्रवार भेटिएको छ। नारायणी नदीमा बिहीवार दिउँसो बेपत्ता भएका भरतपुर महानगरपालिका वडा २९ बस्ने  वर्ष  २९ का  सुदीप थापा मगरको शव शुक्रवार दिउँसो भेटिएको सशस्त्र प्रहरी हवल्दार गोताखोर ललितबहादुर खाम्चाले जानकारी दिनुभयो ।  

थापा भरतपुर महानगरपालिका –१ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका थिए। सशस्त्र प्रहरीको सहायक निरीक्षक लोकेन्द्रप्रसाद भट्टको नेतृत्वमा रहेको टोलीले नदीमा खोजतलास गरी नदीमा शव फेला पारेको थियो ।