• ९ माघ २०८२, शुक्रबार

प्रधान न्यायाधीशद्वारा उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटन

blog

पोखरा बागलुङ इजालशको भवन उद्घाटन गर्नुहुँदै । तस्बिर : नवराज नेपाली ।

नवराज नेपाली

बागलुङ (गलकोट), माघ ९ गते । उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटन गरिएको छ । भवनको प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत उद्घाटन गर्नुभएको छ । 

भूकम्पले क्षति पुर्‍याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३० महिनाभित्र सक्नेगरी निर्माण थालिएको थियो । उक्त भवनको सम्झौता मितिभित्रै सम्पन्न भएर साउनबाट सेवा दिन थालेको छ । 

बीच ३० महिनाभित्रै उच्च अदालत पोखराको सुविधा सम्पन्न साढे छ तलाको भवन सम्पन्न भएको थियो । आधुनिक र पूर्ण आपाङ्गमैत्री भवनमा अण्डरग्राउण्ड पार्कीङसँगै अन्य तीन वटा न्यायाधीश आवास गृहसँगै निर्माण गरिएको हो ।

दुई वटा विद्युतीय भर्‍याङयाङसहित नमूना भवन निर्माण सम्पन्न भएर सेवा दिइरहेको छ । गत असार २० गतेसम्म सम्झौता मिति रहेको उक्त भवन जेठ अन्तिममा निर्माण सम्पन्न भएर असारबाट सेवा दिन थालेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भइकाम गर्ने न्यायाधीश नातिबाबु लामिछानेले जानकारी दिनुभयो । 

अदालत निर्माणको ३० महिना जिल्ला अदालत बागलुङको भवनबाट सेवा प्रदान गरिएको थियो । श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु. ५७ करोडमा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले दिनरात गरी दुई चरणमा काम गरेसँगै सम्झौता मितिभित्रै निर्माण सम्पन्न भएको थियो ।