समकालीन विश्व निरन्तर सङ्क्रमणकालमा छ । चालु विश्व इतिहास स्थान तथा समयको परिवेशमा गतिशील छ । त्यसैले दोहो¥याएर भनिँदै आएको मानव समाज सिकारी चरणबाट आज सङ्गठित अवस्थामा राष्ट्र–राज्य वा राज्य–राष्ट्रको अवधारणागत परिधिमा स्थिरता खोजेको छ । राजनीतिक व्यवस्था, अव्यवस्था र पुनव्र्यवस्थाको चक्र पनि विश्व मञ्चसँग मिल्दोजुल्दो छ कि छैन । व्यक्तिवादी राज्य वा राज्यको व्यक्तित्वले अन्यथा पुष्टि गर्छ । समकालीन अन्तर्राष्ट्रिय सम्बन्धमा सार्वजनिक मामिलालाई समेट्ने क्रममा व्यवस्था, अव्यवस्था र पुनव्र्यवस्थाको समान घटना अनुभव गर्ने आन्तरिक सीमा र सम्भावना बुझ्न जरुरी छ । आज सामयिक विश्व मामिलाको प्रकृतिको बारेमा प्रश्न उठाइएको छ । के यो एक ध्रुवीय, द्विध्रुवीय, त्रिध्रुवीय, चतुर्भुज वा बहुध्रुवीय विश्व मामिलाको प्रकृति वा आकृतिको कूटनीतिक स्वभाव, व्यवहार र विकसित रूप हो ?
सन् १६४८ को वेस्टफेलियाको सन्धिले युरोपमा राष्ट्र–राज्य सार्वभौमिकताको अवधारणालाई अगाडि प्रवर्धन गर्ने नेतृत्वसिपको प्रादुर्भाव भएको थियो । यस अवधारणाको आधारले युरोपेली इतिहासमा राज्य र राष्ट्र युद्धभूमिमा होमिएका थिए । अन्तरराज्य सम्बन्धमा बारम्बारको लामो तथा लघु युद्धले अमेरिकी र युरोपेली गोलार्धलाई शक्ति राजनीति र कूटनीति प्रस्तुत गरेर ऐतिहासिक विरामितको चरण हुँदै आजको अवस्थाको साक्षी बनेका छन् । २० औँ शताब्दीको सुरुवात पछि देखिएका हताहत र राजनीतिक कमजोरीको सन्दर्भमा पहिलो र दोस्रो विराट विश्व युद्धको वैचारिक विश्लेषणात्मक मन्थन गरिएको थियो । त्यस इतिहासको तरोताजा स्मरण यथावत् छ । त्यस कालो घनघोर अँध्यारा विश्व युद्धका अध्यायबारे जगाउने, घचघचाउने र चेतावनी विभिन्न आलेख तथा लिखत, श्रव्य दृश्य तथा तस्बिरका माध्यमबाट स्थानिक तथा वैश्विक नागरिकलाई सुसूचित गराइँदै आएको छ । इतिहासको कुरा गर्ने हो भने सन् १९४५ सम्म विश्व राजनीति पश्चिमी संसारको वरिपरि घुमेको थियो । त्यसैबिच गैरपश्चिमीको राष्ट्रियता, देशभक्ति वा राज्यत्वमा चुनौती र समस्या थिए । गत शताब्दीमा मुख्यतया अमेरिकी र युरोपेली शक्ति राजनीतिले अन्तर्राष्ट्रिय मामिलामा सर्वसत्तावादी शक्ति, बेलायती शान्ति वा कनिष्ठ अमेरिकी नयाँ संसारिकवादी शान्ति होस् या प्याक्स सोभियतिका वा सोभयतवादी शान्ति र प्याक्स सिनिका वा चिनियाँवादी शान्तिको व्यक्तित्वले राज्य प्रणालीको एकै साथ प्रतिस्पर्धाको अनुभव ग¥यो । सन् १९९० सम्मको विश्व व्यवस्था साझा बुझाइमा द्विध्रुवीयतामा निर्धारण गरिएको थियो ।
उदारवाद, लोकतन्त्र र न्यायका आफ्ना सिद्धान्त र अभ्यासमा आधारित पश्चिमी प्रतिभा र प्रभावले मानवताको सेवा गर्न अन्तर्राष्ट्रिय प्रदायक संस्था, निकाय तथा नियोगको सिर्जना तथा स्थापित ग¥यो । यो पश्चिमी मापदण्डमा राजनीतिक र अन्तर्राष्ट्रिय विचारको उच्चतम उत्कृष्टताको प्रतिविम्ब हो । यद्यपि गैरपश्चिमी विचारले यस्ता आधारभूत अभ्यासलाई अझ गहिरो, सघन, बृहत् र फराकिलो बनायो । आपसी र पारस्परिक सम्बन्ध र अन्तरसम्बन्धले समझदारी, सहयोग र सहानुभूतिको क्षितिजलाई विस्तार र व्यापक बनाउँछ । यो अत्यावश्यकता आज पनि जारी, आग्रह र कायमै छ । शीतयुद्ध वा लामो शान्तिको इतिहासको अन्त्यसँगै द्विधु्रवीय विश्व व्यवस्थाको पतनपछि न्यायपूर्ण विश्व व्यवस्थाको उदयको आकार लिइरहेको छ । यो संसार पुनर्क्रमित भइरहेको छ जब प्रबुद्धताले स्थानीय ज्ञान प्रणालीको अभ्यास विश्वव्यापीकरण वा अन्तर्क्रियाको संसर्गमा लीन छ । महाद्विपीय, क्षेत्रीय, राष्ट्रिय, उपराष्ट्रिय, वा सूक्ष्मस्तरको ज्ञान वा विचार अभ्यासको अर्थमा स्थानिक र वैश्विक वैचारिक बलको घर्षणको अनुभूति छछल्किएको जस्तो छ । संसारको प्रकृति बहुध्रुवीय हुँदै गइरहेको छ । एकधु्रवीय, द्विधु्रवीय र शीतयुद्ध–प्रकारको मानसिकता नै जड हो ।
एक लचिलो समाजलाई स्वतन्त्रता, खुलापन र लोकतन्त्रमा पालनपोषण गर्न सकिन्छ । यद्यपि यसको प्रभावकारिता वा कार्यसम्पादनलाई नरम, कमजोर, वा क्षणिक भएको बुझ्छौँ वा गलत बुझ्छौँ । मानव इतिहासको पाठ्यक्रमदेखि, स्वसहायकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सदाचार तथा अखण्डता प्रणालीमा देखिने तथा अदृश्य जोखिमको प्रामाणिकताको बारेमा बोलेका छन् । तथापि अखण्ड तथा सदाचारमा आधारित चारित्रिक मानव समाजको शक्ति र शक्तिले त्यसको स्रोत मानौँ तृणमूल वा तल्लो तहबाट प्राप्त गर्छ किनभने वैधता केवल ग्रामीण वा गाउँ वा अर्धसहरी वा सहरी वासस्थानमा वडास्तरमा प्राप्त गर्नु पर्दैन मान्ने परिपाटी मात्र बलियो र सबल छैन । हाम्रो मानसिकतामा राष्ट्रिय वा केन्द्रीय वा सङ्घीय सरकार र शासनमा मात्र ध्यानाकृष्ट भएको दिनहुँ र दैनिकी गतिविधि छन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति, अन्तर्राष्ट्रिय दिगो विकास, अर्थशास्त्र र वित्त, प्राविधिक नवप्रवर्तन, मानव र सामाजिक पुँजी, सांस्कृतिक भण्डार र जमिन, समुद्र वा वायुमा सामरिक, रणनीतिक / सैन्य सुरक्षाको किनारमा संलग्न छन् ।
यसै बिच अन्तर्राष्ट्रिय सम्बन्ध विधाका पर्यवेक्षकले रणनीति, युद्ध, ऊर्जा अर्थशास्त्र, व्यापार र कूटनीतिको क्षेत्रमा महाशक्ति राष्ट्रका प्रतिद्वन्द्विता, प्रतिस्पर्धा र पहुँचमा द्वन्द्वका साथै सहयोग, गठबन्धन, समन्वय र साझेदारीको उठान गर्छन् । विधि तथा नियम आधारित विश्वप्रणाली उदारवादी शब्द क्रमको संलग्नतामा पश्चिमी वृत्त, गोलार्ध र नेतृत्वको मूल्य मान्यतामा गैरपश्चिमाको समावेशी उपस्थिति, सहभागिता र यथोचित व्यवहार, बुझाइ र सक्रियता अपेक्षा गरिएको छ । यस्ता तमाम समस्याको विषयवस्तुको फेहरिस्त २० औँ शताब्दीको पूर्वार्धदेखि सुरु भएको छ । सन् १९९० देखि २०२५ सम्म साक्षी हुँदा उत्तर–पश्चिमी संसार उदीयमानबाट पतोन्मुख हुने भन्ने चिन्ता र चिन्तन मननीय उहिले औपनिवेशिककालदेखि सामयिक अन्तर्राष्ट्रिय सम्बन्ध परिचालित अवस्थाबाट गुज्रिएको छ । राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवाहको अवस्थाको बिचमा, न्याय, स्वतन्त्रता र सत्य स्थापित गर्न बहुबचन र विविध प्रस्ताव र नेतृत्वदायी मुद्रा प्रकट छन् । जब लोकतन्त्रमा तनाव, पाखण्डीपना र अन्तरविरोधाभास अनुभव गर्छौं, यसले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ऐनाको रूपमा प्रतिविम्बित गर्छ । हामी कम्तीमा विश्वव्यापकताको अनुकूलतमा विश्वभर समान जीवनको सौन्दर्यशास्त्र पत्ता लगाउन सक्छौँ । यद्यपि स्थानीयस्तरको विश्लेषणसँगको सम्बन्धको साथ उदीयमान विश्वव्यापी नागरिक समाजमा विवाद, द्वन्द्व, मुद्दा र प्रतिस्पर्धा समाधान गर्न पथमार्ग र हल खोज्नु रोचक छ । हाल, स्थानीय र विश्वव्यापी प्रवचनमा घनत्व, सघनता, तीव्रता र विस्तारमा अभूतपूर्व मानसिक दृश्यमा असमावेशी तत्व प्रवेश गर्दै छन् र प्रवेश गरिरहेका छन् । उदाहरणका लागि, मानव अधिकार, मानव सुरक्षा र मानव विकासका मुद्दा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा मानव गतिविधिमा बारम्बार आक्रामक, रक्षात्मक र प्रतिरक्षात्मक मोडमा छन् । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, अन्तर्राष्ट्रिय बसाइँसराइ, बेचबिखन, विश्वव्यापी जनस्वास्थ्य चुनौती, विश्वव्यापी शिक्षा, विज्ञान र प्राविधिक वृद्धि, ऊर्जा सङ्कट, वित्तीय बजार, आर्थिक ढाँचा, सांस्कृतिक संवेदनशीलता, सहिष्णुता र धर्मनिरपेक्षता आदि घरेलु क्षेत्रमा चुनौतीपूर्ण छन् ।
यसका साथै, क्षेत्रीय शक्ति र प्रभावका क्षेत्र राजनीतिक, राजनीतिकता र राज्यकलामा व्यस्त छन् । पहिलेका साम्राज्यवादी प्रलोभन र सम्पदा र धार्मिक–सांस्कृतिक सम्बन्धको आकाङ्क्षा, आस्तिक–राज्य वा सभ्यतावादी–राज्यका हित, इच्छा र चाहना–घरेलु र छिमेकी र त्यसभन्दा बाह्यका ठुला शक्तिको बयानबाजी र वास्तविकताको स्थितिका उदाहरण हुन् ।
त्यस्तै अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था सञ्चालन, नीति अभ्यास, गतिशीलता र गतिविधिको आकलन, कार्यक्रमगत र विषयगत संलग्नता, व्यवहार र लेनदेन; विश्वव्यापी लोकतन्त्रमा ऐक्यबद्धता र अधिनायकवादी शक्तिको सहभागिता, समकालीन विश्व गतिविधिको विशेषता हुन् । मानवीय पर्यावरण वा प्राकृतिक वातावरणलाई घेरेको आपत्कालीन, आकस्मिक र व्यग्र आवश्यकताको बिचमा यदि स्वामित्व, जवाफदेहिता र जिम्मेवारीलाई बेवास्ता गरियो वा नेताले कार्यप्रति पूर्ण रूपमा उदासीन भए भने विश्वव्यापी सार्वजनिक नीतिमा विश्वव्यापी वैधताको सङ्कट सुरु हुन्छ । सार्वभौमिकता र स्वतन्त्रतासँग राष्ट्रवाद र पुँजीवाद जन्मजात छन्, जुन शासनमा सियामी जुम्ल्याहा हुन् । स्थानीयदेखि विश्वव्यापी रूपमा यसको मानदण्ड र मूल्य मान्यताको विचार, अभिव्यक्ति र पालना गर्नु प्रत्येक पुस्ताका लागि राजनीति र कूटनीतिको कला र विज्ञानको सञ्चालनमा हाँक, अवसर र लाभ पनि यथावत् नै छ । यो अन्तरसम्बन्धित कर्तव्य लिँदा वा निर्वाह गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा चिन्ता, निकटता र पाखण्डको पीडाले भरिएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्डा, अन्तरसम्बन्ध, क्रस–कटिङ र मिल्दाजुल्दा हितको गणितीय जस्तै मात्रात्मक गुणात्मक समरूपताले एकता र कार्यको एकीकृत कार्यक्रमलाई सुदृढ बनाउँछ । सार्वजनिक अधिकारीले संयुक्त राष्ट्रसङ्घ र यसका विशिष्टिकृत तथा विशेष निकायलाई उत्प्रेरक संस्थाको रूपमा विश्वभर समान योजना, कार्यक्रम र नीति तर्जुमा र कार्यान्वयन गर्छन् । त्यसै गरी बहुपक्षीय कूटनीतिले बहुधु्रवीय विश्व व्यवस्थालाई रेखाङ्कित गर्दछ । यो यस क्षेत्रमा सरकार र शासनको–राष्ट्रिय र विश्वव्यापी–एक वर्तमान वा चालु प्रचलन हो ।