• ८ माघ २०८२, बिहिबार

पोखरीमा डुबेर किशोरीको मृत्यु

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), माघ ८ गते । सप्तरीको विष्णुपुर गाउँपालिकामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । गाउँपालिकाको वडा ५ स्थित मझाउ टोलमा पोखरीमा डुबेर स्थानीय १६ वर्षीया पूजाकुमारी साहको मृत्युभएको हो।

घरनजिकै रहेको मजैलाल मण्डलको पोखरीमा कपडा धुनेक्रममा बिहीबार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।