• ६ माघ २०८२, मङ्गलबार

बिक्री हुँदैनन् सुनका पुराना गहना

blog

काठमाडौँ, माघ ६ गते । बजारमा पुुराना सुनका गहना बिक्री हुुन छाडेका छन् । सुनको मूूल्य निरन्तर बढ्दै गएपछि सुुन व्यापारीले पुुराना गहना खरिद गर्न छाडेका हुुन् ।

ठुुला सुन पसलमा बिल भएका ग्राहकले ल्याएका एक/दुुई तोलासम्म बिक्री भए पनि ससाना पसलमा भने पुुराना गहनाको बिक्री हुुन छोडेको छ । 

पुुराना गहना बिक्री नहुुँदा गहना बिक्री गरेर घरखर्च चलाउन खोज्ने उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । सुनको मूूल्य बढेका बेला ग्राहकले पुुराना गहना बिव्रmी गर्ने र त्यसमा थपेर नयाँ गहना खरिद गर्ने गरेका थिए तर पछिल्लो समय सुनको मूूल्य निरन्तर बढ्दै गएपछि व्यापारीले पुुराना गहना खरिद गर्न छोडेका हुुन् । 

सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बिल लिएर आउने ग्राहकका एक/दुुई तोलासम्मका पुुराना गहना खरिद भए पनि धेरै गहना खरिद गर्न नसक्ने अवस्था रहेको जानकारी दिनुुभयो । “मूूल्य बढेपछि सुनको व्यापार ९० प्रतिशतले गिरावट आएको छ,” उहाँले भन्नुुभयो, “मूूल्यको अनिश्चितता र पुुँजीको अभावले गर्दा व्यापारीले पुुराना गहना खरिद गर्न चाहँदैनन् ।” 

अस्वाभाविक रूपमा बढेको सुनको मूूल्य घट्न सक्ने आशङ्का भएकाले पनि पुुराना गहना खरिद नभएको उहाँको भनाइ छ । मूल्य बढेपछि सुनको कारोबार नहुुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको व्यवसायीको भनाइ छ । मुलुकभर २२ हजार सुुनचाँदी पसल सञ्चालन छन् । 

पछिल्लो एक महिनादेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ । सुनको मूूल्य बढेर तोलामा तीन लाख रुपियाँ पुुग्ने देखिएको छ । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुुसार एक महिनाको अवधिमा सुनको मूूल्य तोलामा २२ हजार रुपियाँले बढेको छ ।  

स्थानीय बजारमा सोमबार सुनको मूूल्यले बढेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला दुुई लाख ७७ हजार आठ सय रुपियाँमा कारोबार भएको सुनको मूूल्य सोमबार तोलामा चार हजार दुुई सय रुपियाँले बढेर दुुई लाख ८२ हजार पुुगेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यो अहिलेसम्मकै उच्च मूूल्य हो । अन्तर्राष्ट्रिय बजारमा मूूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । 

सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुुनको मूूल्य चार हजार ६७७ अमेरिकी डलरमा कारोबार भएको छ । माघ सुरु भएदेखि सुनको मूूल्य निरन्तर बढ्दै गएको छ । चार दिनको अवधिमा बजारमा सुनको मूूल्य तोलामा पाँच हजार पाँच सय रुपियाँले बढेको छ । 

अमेरिकाले भेनेजुुएलामाथि गरेको आक्रमणसँगै सुनको मूूल्य निरन्तर बढ्दै गएको छ । व्यवसायीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन मुलुकमा कर लगाउने घोषणा र अमेरिकी फिडरल रिजर्भ बैङ्कलाई ब्याजदर घटाउन दबाब दिएका कारण गर्दा पनि पछिल्लो समय सुनसँगै चाँदीको मूल्य निरन्तर बढ्दै गएको हो । 

यस्तै चाँदीको मूूल्यसमेत निरन्तर बढ्दै गएर तोलामा छ हजार नजिक पुुगेकोे छ । आइतबार पाँच हजार ६२५ रुपियाँमा कारोबार भएको चाँदीको मूूल्य तोलामा १८५ रुपियाँले बढेर पाँच हजार ८१० रुपियाँ पुुगेको महासङ्घले जनाएको छ । 

पछिल्लो चार दिनको अवधिमा चाँदीको मूूल्य तोलामा ३१० रुपियाँले बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूूल्य प्रतिऔँस ९३.७६ अमेरिकी डलर पुुगेको छ । सुनको मूूल्य निरन्तर बढ्दै गएपछि विभिन्न देशले सुनको मौज्दात बढाएका छन् । 

विश्व सुुन परिषद्का अनुुसार सबैभन्दा धेरै अमेरिकासँग आठ हजार १३३ टन सुुन र सबैभन्दा कम मेक्सिकोमा १२० टन सुुन मौज्दात रहेको छ । यस्तै जर्मनीमा तीन हजार ३५० टन सुन मौज्दात छ । चीनमा दुुई हजार ३०३ टन, भारतमा ८८०.१८ टन, जापानमा ८४५.९७ टन रहेको छ । यस्तै पोल्यान्डमा ५१५, बेलायतमा ३१० टन, अस्टे«लियामा २७९ टन, बेल्जियममा २२७, थाइल्यान्डमा २३४ र सिङ्गापुुरमा २०४.७१ टन मौज्दात रहेको छ । नेपालमा भने सुनको मौज्दात न्यूून छ ।