• ६ जेठ २०८१, आइतबार

नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध : राष्ट्रपति भण्डारी

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुँदै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ । तस्बिर : राष्ट्रपति कार्यालय

गोरखापत्र अनलाइन 

काठमाडौं, असार २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध युगौँ पुरानो भएको चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहँदै आएको बताउनु भएको छ । 

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले राष्ट्रपति भवनमा बुधबार गर्नुभएको शिष्टाचार भेटमा उहाँले सो कुरा बताउनु भएको हो । 

राष्ट्रपति भण्डारीले नेपालमा गएको विनाशकारी भूकम्पको समयमा उद्धार, राहत र पुनर्निर्माणका लागि चीन सरकारबाट प्राप्त सहयोग तथा उहाँले कोरोना महामारीको समयमा त्यसको रोकथाम र उपचारमा चीन सरकारबाट सहयोगप्रति धन्यवाद प्रकट गर्नुभयो । 

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।