काठमाडौं, असार २९ गते । नेपाल पौडी संघले पौडीकी सफल खेलाडी गौरिका सिंहसहित चार खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । संघले १३औं दक्षिण एसियाली खेलुद (साग) मा सर्वाधिक चार स्वर्ण विजेता गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गरेको हो ।
गौरिकालाई १ लाख, डुवानालाई ५० हजार, टिशा रअनुशियालाई २५ हजार रुपियाँ प्रदान गरेको छ । नेपालमै आयोजित १३औं सागमा गौरिकाले ४ स्वर्ण २ रजत र ३ कांस्य, डुवानाले २ रजत र ३ कांस्य, टिशाले ४ कांस्य र अनुशियाले ३ कांस्य पदक जित्नुभएको थियो । खेलाडीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पुरस्कार प्रदान गर्नुभयो ।