• १२ साउन २०८१, शनिबार

भरुवा बन्दुक सहित थापा पक्राउ

blog

अमरराज नहर्की 

तनहुँ, असार २८ गते । तनहुँ प्रहरीले भरुवा बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । घिरिङ गाउँपालिका– ५ मोचाबारी  बस्ने ४० को मानबहादुर थापाले भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 प्रहरी चौकी घिरिङ तनहुँबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा निजको साथबाट १०० ग्राम बारुद, छर्रा २५ थान र एकनाले भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

 थापालाई सोमबार तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।