• १९ मङ्सिर २०८२, शुक्रबार

लोकतन्त्रमा प्रश्न गर्ने स्वतन्त्रता

blog

कुनै पनि व्यवस्था आफैँमा कहिल्यै र कतै पूर्ण हुन सम्भव छैन । अपूर्णतामा पूर्णता खोज्ने आममान्छेको मानवीय प्रवृत्ति छ । कुनै पनि कुराको पूर्णता भनेको त्यो चिजको भौतिक अस्तित्व समाप्ति भनेर बुझ्न सकिन्छ । किनकि सबै व्यवस्था र राजनीतिक प्रणालीका गुण र दोष हुन्छन् । अपूर्णता पूर्णता खोजको मार्ग हो । असन्तुष्टि नै सन्तुष्टि खोज्ने र अधिकतम सन्तुष्टिका लागि प्रयत्नशील रहने मार्ग हो । असन्तुष्टि र अपूर्णतालाई पूर्ति गर्ने यत्नमा मान्छे प्रगतिको भ¥याङ चढ्न सफल भएर मान्छे आजको अवस्थामा आइपुगेको हो ।

प्रगतिको पनि कहिल्यै अन्त्य र पूर्ण विराम हुँदैन, जसरी सन्तुष्टि र पूर्णतामा ब्रेक लाग्दैन । राजनीतिक प्रणाली पनि त्यस्तै अपूर्णतामा पूर्णता खोज्ने अभ्यास मानिन्छ । थुप्रै प्रयोग, परिस्कार र परिमार्जनसहित राजनीतिक प्रणाली कार्यरत रहन्छ । कुनै पनि वाद, प्रणाली, सिद्धान्त र संरचना निर्विकल्प हुँदैन । निर्विकल्प भनेको नयाँ सम्भावना र खोजको अन्त्य हो । तसर्थ आजको युगमा विकल्प बनिरहन्छन् । विकल्प सामान्य विकल्प र सामान्य प्रतिस्थापन मात्र होइन, उत्तम विकल्प सर्वोत्तम विकल्प हो । यद्यपि सर्वोत्तम भनिएको विकल्प पनि निर्विकल्प भनिनु हुँदैन । केन्द्रहरू भञ्जन हुन्छन्, निर्माण, पुनर्निर्माण र विनिर्माण भइरहन्छन् । संविधान पनि त्यस्तै एउटा विधान हो, जसलाई समयव्रmममा विपठन, पुनर्पठन र उत्तर पठन गरिरहनु पर्छ ।

भारतमा सन् १९९५ मा बनेको संविधान २०० पटकसम्म संशोधन गरिसकिएको छ । संविधान संशोधनले संविधानको गरिमा घट्दैन । न संविधान नै खोटो हुन्छ । हरेक कुरा आवश्यकताको सिद्धान्तले परिचालित र परिलक्षित हुन्छन् । आवश्यकताको सिद्धान्तको ताजा उदाहरण वर्तमान अन्तरिम सरकार पनि हो । जनचाहना र जनअनुमोदन भन्दा अर्को सामथ्र्य केही नहुने हुनाले सडकले सरकार बनाउने स्थिति बन्यो । आवश्यकता केवल सानो समूहको लघु स्वार्थका लागि बन्नु हुँदैन । राजनीतिक प्रणाली परिमार्जन, प्रयोग र समीक्षाकै प्रव्रिmयाबाट गुज्रन्छन् । कुनै पनि वाद, सिद्धान्त वा संरचना ‘अन्तिम सत्य’ हुँदैन । निर्विकल्प सोचको जन्म नै लोकतन्त्रको मृत्यु हो । संविधान, संस्था, पार्टी–यी सबैलाई पुनर्पाठ, पुनर्परिभाषा र निरन्तर परिष्कार चाहिन्छ ।

पुरानो विचार नयाँले प्रतिस्थापन गर्छ । पुरानो व्यक्तिको ठाउँमा नयाँको उदय हुन्छ । मानिसको जीवनचक्र जस्तै समाजको चव्रm चल्छ । पुराना विचार ढल्छन्, नयाँ युग उठ्छ । ‘एकल सत्य’ को युग सकिएको छ; ‘सापेक्षित सत्य’ को युग आएको छ । सिक्काको एकातिर हेरेर निष्कर्ष निकाल्ने समय सकियो । अब दुवै छेउ नहेरी सत्य बोल्नै सकिँदैन । दिनको उल्टो रात बुझिँदैन, लोग्नेमान्छे र स्वास्नीमान्छे दुई विपरीत अर्थ होइनन् । छोरा र छोरीमा प्राकृतिक भिन्नता भए पनि सामाजिक भिन्नता हुनुहुन्न । कालो रङ रङको एक प्रकार मात्र हो,  अन्य रङ जस्तै केवल फरक रङ मात्र हो । कालो भनेको नकारात्मक र अयोग्यता होइन । अब पनि कालो रङलाई नराम्रो भनेर बुझियो÷बुझाइयो भने जातीय विभेद जस्तै रङ्गभेद पनि कायम छ भनेर बुझ्नु पर्छ । रङभेद होस् या जातिभेद यी ध्वस्त पार्ने चिज र चिन्तन हुन् । रङ कुनै विशेष गुण र योग्यता होइन । त्यसैले कालो खराब भन्ने रङ्गभेदी चिन्तन खारेज गरिनु पर्छ । कालो रङ खराब र अयोग्य हो भने कालो वर्ण श्याम वर्णका मान्छे पनि खराब भन्ने निस्कर्ष निस्कन्छ । खराब कुनै जात त रङ होइन, खराब प्रवृत्ति हो । कालो फगत रङ हो । निकृष्ट र निकम्मा वस्तु होइन ।

पुरानो विचार नयाँले प्रतिस्थापन गर्छ । पुरानो व्यक्तिको ठाउँमा नयाँको उदय हुन्छ । मानिसको जीवनचक्र जस्तै समाजको चव्रm चल्छ । पुराना विचार ढल्छन्, नयाँ युग उठ्छ । ‘एकल सत्य’ को युग सकिएको छ; ‘सापेक्षित सत्य’ को युग आएको छ । सिक्काको एकातिर हेरेर निष्कर्ष निकाल्ने समय सकियो अब दुवै छेउ नहेरी सत्य बोल्नै सकिँदैन ।

 द्वितीय विश्वयुद्धपछि ज्ञानको फैलावट, विश्व भूमण्डलीकरण, सूचना–प्रविधिको यो हदको रफ्तारमा विकास र विस्तार, सांस्कृतिक अन्तर्मिश्रण, बहुलवाद, माक्र्सवाद विरोधी मान्यता, केन्द्र भन्जनको अवस्था, उपभोक्तावाद, औपनिवेशिक साम्राज्यवाद, अनेक रूप र तरिकका विस्तारवाद आदि नीतिहरूको विकास तीव्र रूपमा हुन पुग्यो । मिसेल फुको, ज्याक डेरिडा फ्रेडरिक जेम्सन आदि विद्वान्ले संसारलाई हेर्ने परम्परागत दृष्टिकोणलाई भन्जन गरे । अनि नवीन ढङ्गले पुनलेखन गर्ने कुरा गरे र आफ्नो तहबाट त्यसको प्रयास गरे । संसारले नयाँ नयाँ दृष्टिकोण पायो र अनेकन आयामबाट विश्वदृष्टि निर्माण भयो । परम्परागत ज्ञानलाई उल्टाएर पनि प्रश्न गर्ने ज्ञानले मौका पायो । ज्ञान निर्माणको थलो विश्वविद्यालयका औपचारिक कक्षा र प्रयोगशाला मात्रै हुँदैनन् । ज्ञान र खोज जुनसुकै समाज विज्ञानको प्रयोगशालामा पनि गर्न सकिन्छ । ज्ञान, सूचना, विवेक एकै होइनन्, यी फरक फरक आयाम र आयतन भएका सङ्केत हुन् ।

गलत ज्ञान, खराब ज्ञान, दमनकारी ज्ञान पनि हुन्छ । त्यसैले, तलबाट उठेको आवाज माथिको आदेशभन्दा कम मूल्यवान् हुँदैन । ज्ञान भन्ने बित्तिक्कै असल मात्र हुन्छ भन्ने पूर्वमान्यता ‘रिथिङ्क’ र ‘रिभिजिट’ गर्न बाध्य बनायो । माथिबाट भनिने कुराहरू तलबाट पनि भन्न सकिन्छ भन्ने विचारधारामा बहस हुन थाल्यो र भुइँ तहका कुरा पनि सुन्न सुनिन थाले । यस्तै उपव्रmमहरूको मेलोमा व्रmमभङ्ग गर्ने व्रmम बढ्यो । व्रmमिक र व्यतिक्रमिक हुने साहित्य र संरचनाको खोजी भयो । नेपाल पनि सबैभन्दा कान्छो गणतान्त्रिक मुलुकमा परिणत भयो । २०६३ को अन्तरिम संविधानले राजतन्त्रलाई निष्व्रिmय बनायो भने औपचारिक रूपमा अन्त्य चाहिँ २०६५ जेठ १५ गतेको संसद्को घोषणाले ग-यो 

जन्म श्रेष्ठताको भाष्य परिवर्तन गरेर सामान्य मान्छे पनि सत्ता र सरकारको सर्वोच्च पदमा पुग्ने अवधारणा नेपालमा पनि कार्यान्वयनमा आयो । तीन हजार वर्षअघिदेखि इतिहासले बताएको प्रथम राजा भूमि गुप्तबाट सुरु भएको मानिन्छ राजतन्त्र । २३७ वर्ष देखिको एकल वंशीय राजतन्त्र शाहवंश पृथ्वीनारायणदेखि ज्ञानेन्द्रसम्म । तेह्रौँ तथा अन्तिम राजाको रूपमा ज्ञानेन्द्र शाहलाई बिदा ग¥यो । राजतन्त्र समाप्त भयो । राजतन्त्र एउटा त्यस्तो र संसारमै सबैभन्दा पुरानो र राजनीतिमा संस्थागत भएको संस्था हो, जसको विघटनपछि पनि सांस्कृतिक धार्मिक परम्परगत रूपमा र मानसिक संरचनाको रूपमा पछिसम्म यसका अवयव बाँचिरहन्छन् । एउटा युग ढले पनि त्यसका अवशेष कालान्तरसम्म रहिरहन्छ ।

युग परिवर्तनसँगै सत्ताको नयाँ चेतनाको भाष्य बन्न थाल्यो । निव्रिmष्ट युगको अन्त्य र उत्कृष्ट युग मानव मर्यादाको युगको प्रचार गरियो । अनुपस्थितिमा नै उपस्थितिबोध हुने नीति र कार्यव्रmम सिद्धान्त अबको युगको माग हो । गत भदौ २२ र २३ को प्रदर्शन र विग्रह पनि एउटा निश्चित उमेर समूह जेनजीको रह्यो । राजनीतिक विद्रोह र व्रmान्ति पार्टीहरूले गर्छन् । दलका पुराना र अनुभवी नेताले गर्छन् भन्ने भाष्य तोडियो र सडकबाट नै सरकार बन्ने प्रव्रिmयासमेत बन्यो ।

व्यक्तिको व्यवस्थापन धेरै भयो अब मुद्दाको व्यवस्थापनको समय हो । हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीबारे समीक्षा गर्न कत्ति पनि हिच्किचाउन हुन्न । निरन्तर छलफल, चिन्तन, मनन्, बहस र निष्कर्ष लोकतन्त्रको सौन्दर्य हो । नेपालले प्रयोगमा ल्याएको चुनाव प्रणाली र सङ्घीयताबारे हामी कहाँ चुकेको छौँ ? त्यसको पुनरवलोकन गर्ने बेला आएको हो कि ? यस्तै समानुपातिक निर्वाचन प्रणालीले पु¥याएको योगदान र यसका कमजोरीमा कता पल्ला भारी छन् ? समानुपातिक र समावेशी निर्वाचन प्रणालीले दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र खस आर्य कसको हित कति ग¥यो ? कति ग¥यो राजनीतिशास्त्रीय समाजशास्त्रीय मूल्याङ्कन गरिनु पर्छ । जति धेरै प्रश्न ग¥यो त्यति नै लोकतन्त्र मजबुत भएर जान्छ । फरक यति हो हरेक प्रश्नमा स्वच्छ र सामयिक चेत अनिवार्य मानिन्छ । अप्रश्नीय कोही हुँदैन, जो अप्रश्नीय भएर रहन चाहन्छ त्यसको शीघ्र पतन अवश्यम्भावी छ । प्रश्नको सामना गर्ने मान्छे, संस्था र प्रणालीको आयु लामो रहन्छ । अपौरुषेय र अप्रश्नीय बन्ने रहर लोकतन्त्रका लागि घातक र विषम प्रमाणित भएको इतिहास साक्षी छ ।

चुनाव प्रणाली, समानुपातिकता, समावेशिता यी शब्द आकर्षक र न्यायपूर्ण सुनिन्थे तर यसमा पनि अब खरो प्रश्न आवश्यक छ । हामीले न्यायपूर्ण भनेको प्रणालीको अभ्यास गर्दा आजसम्म कसलाई कति न्याय दियो ? कसलाई केवल टोकन दियो ? कसलाई झन् कमजोर बनायो ? कसको स्वर माथि उठ्यो ? कसको स्वर गुम्यो ? लोकतन्त्र प्रश्नमा बलियो हुन्छ, मौनतामा कमजोर रहन्छ तसर्थ प्रश्नलाई बन्देज गर्नु हुँदैन प्रश्न उठाउन पाउने ठाउँमा व्यवस्था बलियो बन्छ, प्रश्न रोकेर बसेको ठाउँमा चरम सङ्कट जन्मिन्छ । प्रश्न उठाउनै नदिने वातावरण छ बन्दा के हुन्छ के भयो जगजाहेर छ । समीक्षा भए भने सत्ता सञ्जालको संरचना भत्किने जोखिम हुन्छ । प्रश्न गर्दा भत्किनुपर्ने संरचना भत्कन्छ । रहने संरचना प्रश्न गर्दा पनि बलियो भएर रहन्छ । प्रश्न रोक्नु राजनीतिक आत्महत्या हो लोकतन्त्रमा प्रश्न रोक्नु भनेको लोकतन्त्रको श्वास रोक्नु हो । भन्न नदिने, सोध्न नदिने, प्रश्न उठाउन नदिने व्यवस्था लोकतन्त्र होइन । लोकतन्त्रको खोलको भित्र बसेको अधिनायकवाद हो ।

आजको राजनीतिक समाजशास्त्रको मूल वाक्य यही हुनु पर्छः लोकतन्त्र जोगाउनु छ भने प्रश्नलाई जोगाउनु पर्छ । अप्रश्नीय बन्न खोज्ने मान्छे, संस्था वा व्यवस्था सबैको पतन सुनिश्चित छ । आजको राजनीतिक समाजशास्त्रको मूल मन्त्र यही हुनु पर्छ र प्रश्नहरू निरन्तर उठिरहनु पर्छ । लोकतन्त्रमा सत्यको बहुलता आवश्यक हुन्छ, एकल सत्यले तानाशाही जन्माउँछ । प्रश्नलाई अपराध ठान्ने राजनीतिक स्वभावको अन्त्य जरुरी छ । लोकतन्त्र जोगाउनु र बलियो पार्नु छ भने प्रश्नलाई जोगाउनु पर्छ । प्रश्नकर्ताको संरक्षण गरिनु पर्छ ।