• १९ मङ्सिर २०८२, शुक्रबार

मुख्यमन्त्रीद्वारा सात वटा आयोजना शिलान्यास

blog

मुख्यमन्त्री कमलबहादुर शाह आयोजनाको शिलान्यास गर्नुहुँदै ।

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), मङ्सिर १९ गते । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार कैलालीको पूर्वी क्षेत्रका सात वटा आयोजनाको शिलान्यास तथा सुपरीवेक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका महìवपूर्ण आयोजनाको मुख्यमन्त्री शाहले औपचारिक रूपमा सूचना पाटी अनावरण, कार्य प्रारम्भको उद्घाटन तथा शिलान्यास गर्नुभएको हो । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले आयोजनाको कार्यान्वयन जिम्मा पाएकोे छ । कार्यव्रmममा पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख दीपक नेगीले सात वटै आयोजनाको विस्तृत जानकारी गराउनुभएको थियो । 

मुख्यमन्त्री शाहले मोहन्याल गाउँपालिका–७ स्थित बादेखोला र साँगुरेखोला सडक पुल निर्माण आयोजनाको उद्घाटन गर्नुभएको छ । दुई वर्षमा निर्माण गर्ने गरेर दुई वटै आयोजना निर्माणको जिम्मा हिमसागर निर्माण कम्पनी चितवनले पाएको छ । १२ करोड ६० लाख ९० हजार ३१ रुपियाँमा बादेखोला पुल र ११ करोड २१ लाख ६७ हजार ९६८ रुपियाँमा साँगुरेखोला पुल निर्माणका लागि सो कम्पनीले जिम्मा लिएको हो ।

मुख्यमन्त्री शाहले अनुगमन तथा सुपरीवेक्षणका व्रmममा निर्माण कम्पनीलाई सम्झौताबमोजिम समयमै निर्माण कार्य गुणस्तरीय रूपमा पूरा गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहले जानकी गाउँपालिकाको सिमाना अमौरी, थापापुर, चौँरीहँुदै सेती लोकमार्ग जोड्ने लम्कीचुहा रिङरोड निर्माण शुभारम्भ गर्नुभएको छ । 

२.६ किलोमिटर कालोपत्रे हुने सो सडकको तु्लसी निसान जेभी टीकापुरले निर्माण जिम्मा पाएको छ । गएको असारमा सम्झौता भएको सो सडक चार करोड ३९ लाख ६४ हजार ५३० रुपियाँमा २०८३ साल असार महिनामा सम्पन्न गर्ने गरेर काम प्रारम्भ भएको हो । त्यसै गरी मुख्यमन्त्री शाहले चार वटा कालोपत्रे सडक निर्माण आयोजनाको समेत कार्य प्रारम्भ उद्घाटन भएको छ । डुँडेझारी टीकापुर ३.५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेको कार्यसमेत चालु आर्थिक वर्षमा प्रारम्भ भएको छ । छ करोड नौ लाख बिस हजार ८७७ रुपियाँमा एक वर्ष छ महिनामा निर्माण गर्ने गरेर गएको असारमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सो आयोजना स्थलको अनुगमन गर्दै त्यसको शिलान्यास गर्नुभएको छ । मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी सोल्टा सडक स्तरोन्नति तथा लम्की चिसापानीदेखि राजकाँडासम्मको सडक कालोपत्रे योजनाको मुख्यमन्त्री शाहले अनुगमन गर्दै सूचना पाटी अनावरण तथा कार्यप्रारम्भको उद्घाटन गर्नुभएको छ ।

त्यसै गरी उहाँले महेन्द्र राजमार्ग इन्टेक हाइड्रो, कटासे, खैरीफाँटा, जगतपुरहुँदै टीकापुर तीन पालिका जोड्ने रणनीतिक मार्गसमेत सुपरीवेक्षण गर्नुभएको छ । सो सडक एक वर्ष छ महिनामा निर्माण गर्ने गरेर पाँच करोड ६२ लाख ६६ हजार ७८७ रुपियाँमा एसएसएएस/एचबिजेभी कम्पनी सुर्खेेतले जिम्मा पाएको छ । पुल र सडक निर्माणले जनताको दैनिक जीवनमा सहजता हुनुका साथै आर्थिक समृद्ध आउने अपेक्षा गरिएको छ ।