• १३ साउन २०८१, आइतबार

५० शैयाको अस्पतालको सङ्गठन संरचना मस्यौदा तयार

blog

काठमाडौँ, असार २३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० शय्याको अस्पतालको सङ्गठन संरचना मस्यौदा तयार पारेको छ ।  

मन्त्रालयले तयार गरेको मस्यौदामा इमेलमार्फत राय सुझाव दिन सरोकारवाला तथा सर्वसाधारणसमक्ष अपिल गरेको छ ।

५० शय्याहरुका अस्पतालमा मेडिकल शय्या १५, शल्यक्रिया शय्या १०, प्रसूति/स्त्री शय्या पाँच / पाँच, बालरोग शय्या पाँच, आपतकालीन शय्या पाँच र आसीयु पाँचवटा शय्यामध्ये दुईवटामा भेन्टिलेटरमा राख्ने प्रस्ताव गरिएको छ । 

त्यसैगरी, मन्त्रालयले मस्यौदामा नयाँ दरबन्दी संरचनामा ११ औँ तहको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र नवाैँ तथा दशौँ तहका ११ जना चिकित्सक प्रस्ताव गरेको छ । 

यस्तैगरी, आठौँ तहका मेडिकल अधिकृत १२ जना, डेन्टल सर्जन, कविराज चिकित्सक, सर्जन, पेड्रीयाट्रिसियन, फिजिसियन, गाइनोकोलोजिस्ट, एनेस्थेसिस्ट, अर्थोपेडिक्स, प्याथोलोजिस्ट एक /एक जना आवश्यक पर्ने उल्लेख गरिएको छ ।

मस्यौदामा अस्पतालमा पाँचौँ तथा छैटौँ तहका स्टाफ नर्स ४० जना, मिडवाइफ चार जना र एचए १० जना प्रस्ताव गरिएको छ । कुचिकार, सुरक्षाकर्मी र सवारी चालकलगायतका १४५ जनाको दरबन्दी तेरिज प्रस्ताव गरिएको छ ।