• १३ साउन २०८१, आइतबार

विशिष्टीकृत अस्पतालको अनुगमन गर्ने जिम्मा स्वास्थ्य राज्यमन्त्रीलाई

blog

काठमाडौँ,  असार २३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ ।

 बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङ र राज्यमन्त्री केसीको उपस्थितिमा कार्यविभाजन भएको हो ।   

नियमावली, २०६४ को परिच्छेद २ को नियम ५ को उपनियम १ बमोजिम उहाँको कार्ययोजना भएको मन्त्रालयले जनाएको छ । 

जसअन्तर्गत राज्यमन्त्री केसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ । 

यस्तै, मन्त्रालय वा यस अन्तर्गतका वा सो अन्तर्गत रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, वोर्ड, केन्द्र र आयोजनालगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने छ ।

यस्तै, विशिष्टीकृत अस्पतालहरुको सेवाप्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने अख्तियारी स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको छ ।

विशिष्टीकृत अस्पतालहरुको न्यूनतम सेवा मापदण्डसम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि राज्यमन्त्रीलाई दिइएको छ ।