• १० मंसिर २०८१, सोमबार

चेफाको बाँसले धानेको जीवन

blog

चेपाको बाँस ओसार्दै स्थानीय । तस्तिर : गोरखापत्र

धनकुटा, असार २३ गते । पानी सँग खेल्नु आफैमा जोखिमपूर्ण हुन्छ । सामान सँगै विनासाधन नदीमा यात्रा गर्नु त झनै जोखिमपूर्ण छ । तर जोखिमको कुनै प्रवाह नगरी सप्तकोशी नदीका सहायक नदीबाट स्थानीयले वर्षेनी पानी नै पानीको लामो यात्रा तय गरी बाँस ओसार्ने काम गरेका छन् ।

कोशी आसपासका अधिकांश बासिन्दा जोखिम मोलेर नदी बाटै बाँस ओसोर जिविकोपार्जन गरिरहेका छन् । यसरी ओसारीने बाँसलाइ चेपाको बाँस भनिन्छ । यही चेपाको बाँस सप्तकोशीका सहायक नदी सुनकोशी अरुण र तमोरबाट सप्तकोशी नदी हुँदै तराइ पुर्याइने गरिन्छ । यस नदी मार्फत वर्षेनी हजारौं घना बाँस सुनसरीको चतारा पुर्याउने गरिएको छ ।

अनि चताराबाट ब्यापारीले धरान इटहरी बिराटनगर लगायत शहरमा लगेर विक्री गर्ने गरेका छन् । यहाँका मानिसको दैनिक गुजारा बाँस विक्रीबाट चलिरहेको छ । पानीसँग खेल्नु र चेफा ओसार्नेहरु त्यो जाखिमको कुनै प्रवाह गदैनन् । 


शहिदभूमि गाउँपालिका १ त्रिवेणीका राजकुमार राई १० वर्षको उमेरदेखि चेफा ओसारेको बताउनु हुन्छ । “पहिलो पटक ओसार्दा कता कता डर लाग्यो, जब गन्तब्यमा पुर्याएर पैसा हातमा पर्छ तब सबै डर हराएर जान्छ” राई भन्नुहुन्छ । 

नदीमा ठुला ढुङ्गा तथा भङ्गालो छन् । बाँस ओसार्ने क्रममा त्यहि ढुङ्गामा ठोकिएर तथा भङ्गालोमा परेरै ज्यान समेत जाने गरेको स्थानीय बताउछन् । धनकुटा भोजपुर र उदयपुरको सिमा त्रिवेणी क्षेत्रमा मात्रै अहिले सम्म पाँच जना भन्दा बढिले ज्यान गुमाएको स्थानीय बताउछन् । प्रहरी भने अहिले बाँस ओसार्दा वेपत्ता भएको एउटै निबेदन नपरेको बताएको छ । 

एक पटकमा बाँस ओसार्दा बाँसको घनाको आधारमा १५ हजार रुपियाँसम्म आम्दानी हुन्छ । स्थानियले त्यही १५ हजारको लागि आफ्नो ज्याननै दाउमा राखेका हुन्छन् ।चेफाको बाँस ओसारेर होस वा बेचेर नदि किनारका धेरैको जिविकोपार्जन भईरहेको छ । 

यहाँबाट कति मात्रामा बाँस तराइ पुग्छ भन्ने आधिकारीक तथ्याङ्ग भने कतै छैन । तर धेरै बाँस निकासी हुने गरेको छ । त्रिवेणी आसपासको धनकुटा भोजपुर र उदयपुरमा वर्षेनी एकै परिवारले एक लाख ५० हजार रुपियाँ सम्मको बाँस बिक्रि गर्ने गरेको स्थानीय राजकुमार राई बताउनु हुन्छ । 


त्रिवेणीमा धेरै पहिले देखि बाँस ओसार्ने गरिएको शहिदभूमी गाउँपालिका १ त्रीवेणीका मोतीचन्द्र राई बताउनुहुन्छ । पहिले देखिनै नदी किनारमा बाँस हुने तर ओसार्ने साधन नभएकाले चेफाको माध्यमबाट बाँस ओसारेर तराइ पुर्याइने गरेको उहाँको भनाइ छ । 

अहिले सबैतिर यातायातको विकास भएपनि चेपा भने विस्तापित हुन सकेको छैन । बाँस बोकेको चेफा दुर्घटना भइहालेमा पौडिनु बाहेक उहाँहरुसँग आफुलाई  सुरक्षित गर्ने अन्य कुनै  उपाय र उपकरण हुँदैन । 





Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।