• २२ वैशाख २०८१, शनिबार

सुनकोशीले बगाएर दुई बालिका बेपत्ता

blog

फाइल तस्बिर

भोटराज राई

उदयपुर, असार २२ गते। उदयपुरमा बुधबार सुनकोशीले बगाएर दुई बालिका बेपत्ता भएका छन्।

त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुुर मगरले जानकारी दिनुभयो। 

वडाध्यक्ष मगरका अनुसार सिसाखोला दोभान धाप्लाङघाटबाट दिउँसो करिब २ बजेको समयमा उनीहरुलाई खोलाले बगाएको हो। 

बालिका गाईवस्तु चराउन गएको बेला गर्मी भएपछि पौडी खेल्न कोशी पुगेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको छ। 

परिवार, गाउँले र प्रहरीले खोजीकार्य गरे पनि साँझ अबेरसम्म फेला परेका छैनन्। राति भएको भन्दै उद्धार टोलीले अब बिहीबार मात्र खोजी गर्ने बताएको छ। कोशीका नाकामा भने प्रहरी तैनाथ रहेको एसपी बोहोराको भनाइ छ।