• १३ साउन २०८१, आइतबार

रिडी नदीमा डुबेर एक बालकको मृत्यु

blog

रेखीराम राना

पाल्पा, असार २१ गते । रैनादेवी छहरा–३, छचुवाका एक बालकको रिडी नदीमा डुबेर मृत्यु भएको छ ।

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–६, अर्चलेस्थित रिडी खोलामा डुबेर रैनादेवी छहरा–३, बस्ने पूर्णबहादुर कुमालका तीन वर्षका छोरा मनीष कुमालको नदीमा डुबेर सोमबार बेलुका मृत्यु भएको हो ।

रिडी नदीमा पौडी खेल्ने क्रममा डुबेर अचेत बनेका मनीषको उपचारका लागि पाल्पा छहरातर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।