• १३ साउन २०८१, आइतबार

गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु

blog

तिलाचन पाण्डे

तम्घास, असार २१ गते । गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर एक अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

म ङ्गलबार बिहान करिब ४ बजेतिर चट्याङ लागेर घाइते भएका विष्टको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिनुभयो । 

विष्टको शवलाई अहिले पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको र पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।