• १३ असोज २०८१, आइतबार

कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा कमललाई रजत

blog

रजत विजेता कमल श्रेष्ठ (बायाँ) पोडियममा । तस्बिर : राखेप

काठमाडौं, असार १८ गते । नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्नुभएको छ । दक्षिण कोरियाको सिओलमा शुक्रबार भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत पदक जित्नुभएको हो । 

प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन हुनुभयो । प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।  खड्काले क्योरोगीमा ७ र पुम्सेमा १२ गरी १९ ‘बाउट’ खेलाउनुभयो ।