• १२ साउन २०८१, शनिबार

थप तीनजनामा हैजा पुष्टि, हैजा पुष्टि हुनेको सङ्ख्या १७ पुग्यो

blog

काठमाडौं, असार १७ गते । काठमाडौं उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ ।  बिहीबार परीक्षण गर्दा थप तीनजनामा हैजा पुष्टि भएको हो । योसँगै असार २ देखि १६ गतेसम्म १७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हैजा पुष्टि हुनेमा पाँच महिला र १२ पुरुष छन् । 

काठमाडौं उपत्यका हैजा फैलनुको मुख्य कारण दूषित पानी रहेको छ । पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमूनामा इकोलिन फेला परेको थियो । इडिसिडी र केयुकेयलले संयुक्तरुपमा लिएको ५३ वटा पानीको नमुना परीक्षण गरिएकोमा ३८ वटा नमुनामा इकोलिन फेला परेको थियो । भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन् ।

निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लागेपछि तौल घट्दै गएमा, पेट दुखेमा, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने र जलवियोजन हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान चिकित्सकको आग्रह छ।

हैजाबाट बच्न सकेसम्म घर बाहिर खाना र बासी खानेकुरा नखाने, घरमा पकाएको साजी खानेकुरा खाने, पानी उमालेर वा क्लोरिनको प्रयोग गरी शुद्ध बनाई पानी पिउन चिकित्सकको सुझाव छ ।