• १३ असोज २०८१, आइतबार

राष्ट्रियसभा बैठकबाट तीन आर्थिक विधेयक पारित

blog

काठमाडौं, असार १७ गते । राष्ट्रियसभा बैठकले तीन वटा आर्थिक विधेयक पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

बैठकले पारित गरेको तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रियसभामा पठाएको थियो ।