• १३ असोज २०८१, आइतबार

एमाले सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिए

blog

काठमाडौं, असार १७ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिएका छन् ।

शुक्रबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने बित्तिकै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिनुभयो । सांसद श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी दिनुभयो । त्यसलगत्तै एमाले सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।

एमाले सांसदहरु बैठकबाट बाहिरिएपछि अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिनुभएको छ ।

एमाले बाहेकका सांसदहरुको अनुपस्थितिका बीच बैठकमा आर्थिक विधेयकमाथि छलफल जारी छ ।