• १५ असार २०८१, शनिबार

राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, असार १७ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।