• २१ असोज २०८२, मङ्गलबार

ताप्लेजुङमा जिप दुर्घटना, दुई जना घाइते

blog

दुर्घटनामा परेको जिप। तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, असोज २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङ्पाङको लाफाचोक नजिकको सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । आठराई त्रिवेणी गाउँपालिका –१ निघुरादिनबाट फुङलिङतर्फ आउँदैगरेको जिप दुर्घटनामा परेको हो । 

१० जना यात्रु सवार मे १ ज २५१९ नम्बरको जिप आठराई त्रिवेणी गाउँपालिका –३ हाङपाङको पुच्छर लाफा चोकनजिक सडकमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दिपेन) ले जानकारी दिनुभयो । उहाँका अनुसार जिपमा सवार १० जनामध्ये २ जना रन्जिता वनेम  र  सबिना श्रेष्ठ घाइते  हुनुभएको छ । 

अन्य ८ जना यात्रु र चालक सकुशल रहेको उहाँको भनाइ छ । जिप दुर्घटनापछि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको अध्यक्ष पोमूले जानकारी दिनुभएको छ । घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ ।