• २१ असोज २०८२, मङ्गलबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

blog

अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई चेक हस्तान्तरण गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारी अधिकृत प्रकाशविक्रम थापा ।

काठमाडौँ, असोज २० गते । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई एक करोड पचास लाख रुपियाँ सहयोग गरेको छ।

सो रकम भौतिक पूर्वाधार कोषमा जम्मा गरिनेछ । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचना पुनः निर्माणका लागि सो सहयोग प्रदान गरिएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम थापाले दिनुभयो । 

अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त रकम बराबरको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरिएको छ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्सले विगतदेखि नै प्राकृतिक विपत्, शिक्षा, स्वास्थ्य, र सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ।