बिष्णुप्रसाद पोखरेल
दमक, असोज २१ गते । झापाको दमकमा एक नाबालक सुतेकै ठाउँमा मङ्गलबार बिहान मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक वडा–५, धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिम्सिनाका अनुसार बेलुकाको खाना खाई बुवा चन्द्रमान रिमालसँगै कोठामा सुतेको र बिहान ६ बजे उठेर हेर्दा मृत अवस्थामा देखिएको भनेर प्रहरीमा खबर आएको छ ।
प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो । मृतक बालकको आमा वैदेशिक रोजगारमा माल्दिभ्समा रहेको अवस्थामा गतवर्ष उही मृत्यु भएको थियो ।