• २१ असोज २०८२, मङ्गलबार

आठराई त्रिवेणी र दोभान जोड्ने सडक अवरुद्ध

blog

आठराई त्रिवेणी गाउँपालिका–५ तिलबारीको सडकमा माथिबाट झरेको ढुङ्गा ।

साहारा लिम्बू 

फुङलिङ, असोज २१ गते । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका र दोभान जोड्ने सडक अवरुद्ध भएको छ । आठराई त्रिवेणी गाउँपालिका–५ तिलबारीमा माथिबाट ढुङ्गा झरी सडक अवरुद्ध भएको हो । 

मङ्गलबार बिहान ९ बजेको समयमा उक्त कच्ची सडक खण्डमा ढुङ्गा झर्दा सडक अवरुद्ध भई यातायात ठप्प भएको सूचना अधिकार‍ि तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले आठराई त्रिवेणीदेखि दोभान आवतजावत हुने सवारीसाधन ठप्प भएको छ ।  

दुवैतर्फ सडक अवरुद्ध हुने गरि ढुङ्गा झरेका कारण तत्काल सडक खुलाउन नसक्ने अवस्था रहेको प्रहरीको भनाइ छ । साथै ढुङ्गा हटाउनका लागि पालिकासँग समन्वय भइरहेको छ ।