• २० असोज २०८२, सोमबार

कार दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

blog

कार दुर्घटनाको साङ्केतिक चित्र ।

इमान सिं राना

रामपुर (पाल्पा), असोज २० गते । पाल्पाको रम्भा गाउँपालिका–१, संगाहामा कार दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।   

सोमबार अपरान्ह सुनौलीदेखि रामपु तर्फ आउँदै गरेको बा १९ च ६६६१ नम्बरको कार कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत सडक छेउको ढुङ्गामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले बताउनुभयो । 

उहाँका अनुसार घाइते हुनेहरुमा चालक रामपुर नगरपालिका–५ बेझाँड बस्ने ४० वर्षीय हम्जा खान, सोही स्थानका ३० वर्षीय रुक्साना खातुन, ३६ वर्षीय फारुख खान, १३ वर्षीय हम्दान खान, ४ वर्षीय फरदान खान र ६ वर्षीय इफरा खान रहेका छन् । घाइतेमध्ये रुक्सानाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।