• १३ वैशाख २०८१, बिहिबार

‘बिनिथ : द ब्रेभरी’को प्रदर्शन भदौमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १५ गते । कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप शाहीको निर्देशन रहेको छ ।  चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ ।