• ८ असोज २०८२, बुधबार

खोलामा डुबेर महिलाको मृत्यु

blog

जयकृष्ण यादव 

इनरुवा, असोज ८ गते । सुनसरीको हरिनगरमा सुनसरी खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाउँपालिका-६, घुस्की अर्नामाकी ४५ वर्षीया गुल्सन खातुनको घर नजिकैको सुनसरीखोलामा डुबेर मृत्यु भएको हो । 

खातुनको खोलापारी रहेको खेतमा काम गर्न जाने क्रममा खोला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षक दिनेश अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरी जिल्ला अस्पताल सुनसरी ईनरुवा शव पाेस्टमार्टमका लागि ल्याइएको थियो । 

बुधबार बिहान पोस्टमार्टम पश्चात मृतकको छोरा नसाद आलमले बुझी लगेको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।